अमेरिकी डलरको भाउ स्थिर, युरोको मूल्य घट्यो


नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउन्डको मूल्य बढेको छ ।अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर यसै मूल्यमा कारोबार भएको थियो ।

युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ। हिजो ​बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *