नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ
अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन्।
शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले चलचित्र महाजात्रा दुई÷तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गरे। उनले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताए।
उनले नेपाली चलचित्रको प्रतिष्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौं खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताए।
अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने बताए। चलचित्र निर्माताले मिठो पकाएर पस्किएमात्रै दर्शकले रुचाउने उनको भनाइ थियो।