अफगानिस्तानमा आँधी र बाढीका कारण ७० जनाको मृत्यु


अफगानिस्तानको उत्तरी बगलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

विदेशी सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघको आप्रवासनका निम्ति अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौँ घरहरू ध्वस्त वा क्षति पुगेको जनाएका छन् ।

तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीका कारण २० को ज्यान गएको र १४ जना घाइते भएका त्यहाँको प्रकोप व्यवस्थापन प्राधिकरणका प्रमुख अहमद सर साजिदले शनिबार बताए । उनका अनुसार, ३०० घर, बिजुली र सञ्चार सेवामा गम्भीर क्षति पुगेको छ ।

अफगानिस्तानले गएको महिनादेखि भारी वर्षा र बाढीको सामना गरिरहेको छ । तुफान र बाढीले बदख्सान र सामंगनलगायत अरू उत्तरी प्रान्तका अधिकांश भागमा पनि क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *