डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन


नेपाली चलचित्र उद्योगमा नयाँ प्रयोग गरेर बनाइएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’को काठमाडौंमा विषेश प्रदर्शन गरिएको छ।

त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राडा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्मको कमलपोखरी स्थित बिग मुभिजमा शुक्रबार पहिलो प्रदर्शन गरिएको हो।प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता थियो। यस कार्यक्रममा फिल्म निर्माण टिमका सदस्यहरुको पनि उपस्थिती रहेको थियो।रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा गरिएको यस विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात गरेको जनाएको छ।

आधा दर्जन बढी सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गरेको छ।निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताए। उनले देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ को विशेष प्रदर्शन गरिने जानकारी दिए। उनले भने, ‘यो पहिलो प्रदर्शन हो। अब हामी विभिन्न संघ–सस्था, क्लब तथा व्यक्तिहरुसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाउनेछौं  अहिलेसम्म बुटवल, हेटौडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शन हुने लगभग निश्चित भएको छ।’

‘रित्तो गाउँमा’ वरिष्ठ कलाकारहरु हिउँवाला गौतम, सुवास गजुरेल तथा अहिलेका लोकप्रिय अभिनेता मुकुन भुसाल र नव अभिनेत्री सविना राउतको अभिनय देख्न सकिन्छ। अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छु्ट्टाइएको छ। पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *