नयाँ फिल्म निर्माणमा अभिनेत्री ऋचा शर्मा
नयाँ वर्ष२०२१को अवसर पारेर अभिनेत्री ऋचा शर्माले नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् । उनले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा फिल्म ‘कौसीद’ निर्माण गर्न लागेको बताएकी छन्।
धेरै फिल्ममा सह निर्देशन गरेका कुमार भाष्करले फिल्म ‘कौसीद’लाई निर्देशन गर्न लागेका हुन्। केदार भुषालको निर्माणमा बन्न लागेको यस फिल्ममा ऋचा प्रस्तुतकर्ताका रुपमा रहेकी छन्।
यस फिल्मको कार्यकारी निर्माता डिमेस श्रेष्ठ हुन भने सह–निर्माता लक्ष्मण बानियाँ रहेका छन्।
फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाले कथा लेखेका भने ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा अभिनय गर्दैछन्।
ऋचा र भोलाका अलवा निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
ऋचाले यसअघि ‘आधा लभ, भिर्सा गर्ल र सुनकेसरी’ फिल्मको निर्माण गरेकी थिइन्। फिल्ममा निशल पौडेलको छायांकन, मित्र डि। गुरुङले फिल्मलाई सम्पादन गर्नेछन् । निकैै जोश जाँघरका साथ फिल्म क्षेत्रमा आउन लागेकोउल्लेख गरेकी छन्।