अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको छ : वामदेव गौतम
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अन्तिम विकल्प रहुन्जेसम्म पार्टी एकताकै पक्षमा लाग्ने बताएका छन् ।
उनले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको हुँदा आफू एकताकै प्रयासमा रहेको बताएका हुन ।
उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताए ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनले दाबी गरे ।