राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरू नियुक्त भएका छन्। निर्वाचन आयोगले पुस १६ गतेदेखि लागू हुने गरी सात जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो।
नियुक्त भएका निर्वाचन अधिकृतले मिति पुस १६ मा सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ।
यस्ता छन् नियुक्त भएका निर्वाचन अधिकृतहरूः
कोशी प्रदेश- दुर्गाप्रसाद ढुंगेल- मोरङ जिल्ला अदालत
मधेश प्रदेश- नारायणप्रसाद सुवेदी- धनुषा जिल्ला अदालत
बागमती प्रदेश- महेन्द्रबहादुर कार्की- मकवानपुर जिल्ला अदालत
गण्डकी प्रदेश- केशवप्रसाद बास्तोला- कास्की जिल्ला अदालत
लुम्बिनी प्रदेश- कृपासुर कार्की- दाङ जिल्ला अदालत
कर्णाली प्रदेश- विष्णुप्रसाद अर्याल- सुर्खेत जिल्ला अदालत
सुदूरपश्चिम प्रदेश- ओमप्रसाद अर्याल- कैलाली जिल्ला अदालत