चलचित्र ‘राजमहल’को घोषणा, मिस पवि र सिम्रनले डेब्यु गर्दै


दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । सबिन कुमार तोलांगीको डेब्यु निर्देशन रहने चलचित्रमा आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ ।

सिम्रन पन्त र मिस पविले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन् । करिब चार करोड बजेटमा बन्ने भनिएको  चलचित्रको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरु हुनेछ । न्युजिल्यान्डमा पनि छायांकन हुनेछ । ७० प्रतिशत छायांकन नेपालमा हुनेछ ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *