गोलकिपर विशाल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्यास
राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।
नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।
नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीमा मार्की खेलाडीका रुपमा आवद्ध श्रेष्ठ चितवनका कप्तान पनि हुन् ।
प्रतियोगिताको प्लेअफ सम्भावना सकिए पनि लिगको अन्तिम खेलमा चितवनले झापामाथि २–० को जित निकालेको छ ।
लामो सयमदेखि घरेलु फुटबल खेल्दै आएका श्रेष्ठ एक दशकको प्रतिक्षापछि २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।
राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो । ०५९ मा एन्फा एकेडेमीमा आवद्ध श्रेष्ठ २०६६ सालसम्म त्यहीं रहेका थिए ।
एन्फा एकेडेमीबाट निस्केयता उनले मनाङ मर्स्याङ्दीलाई पहिलो रोजाईको क्लब बनाएका थिए ।
दस वर्ष मनाङबाट खेलेका उनी ०७६ सालदेखि मछिन्द्र क्लबमा आवद्ध छन् ।