आजको मौसम : पश्चिमी वायुको प्रभाव रहने
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।आज (बुधबार) बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार बुधबार राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मौसम सामान्यतया सफा रहे पनि देशभर तापक्रम भने घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ। सबै ठाउँमा चिसो बढ्ने भएका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।