नेताका कमजोरी देखाएर व्यवस्थामाथि प्रहार हुँदैछ


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरूका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन् ।

पार्टीको वाग्मती प्रदेश समिति बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नरहेको बताए ।

“नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन,| पुनले भने ।

पुनले गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका पाँच पिल्लर भएको र एउटा कमोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *