आर्थिक नैराश्यता चिर्नेगरी एकजुट हुन अध्यक्ष ढकालको आगह


नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निम्तिएको आर्थिक नैराश्यता चिर्नेगरी एकजुट हुनुपर्ने बताएका छन्‌ । अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र मिलेर अघि बढनुपर्ने उनले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वाषिर्कोत्सव कार्यक्रममा ढकालले भने, ‘अहिले आर्थिक विकासको गति बढन सकेको छैन । सर्वसाधारणमा नैराश्यता छ । सबै पक्ष एक भएर अघि बढ्न आवश्यक छ ।’

अहिलेको अवस्थाबाट बाहिर निस्किन एक-अर्कालाइ दोष दिने भन्दा पनि सकारात्मक सन्देश दिनुपर्ने ढकालले बताए । ‘अर्थतन्त्र सुधारका लागि निजी धारणा राखेको मात्रै हो भनेर सरकारले ध्यान दिएको छैन,’ ढकालले थपे । विदेशी लगानी भित्र्याउनेबारे विदेश भ्रमणको समयमा सकारात्मक छलफल भएको समेत उनले बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक मुद्दालाई पहिलो मुद्दा बनाउनुपर्ने बताए । उनले भने, ‘मुलुकको अर्थतन्त्र बलियो हुनुपर्छ । राजनीतिक मुद्दालाई नभई अब आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात बढाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *