फिल्म ‘महाजात्रा’मा दिव्यदेव, गौमाया र शिशिरको प्रवेश
फिल्म ‘महाजात्रा’ मा हरिवंश आचार्यसँगै दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल पनि जोडिने भएका पनि जोडिने भएका छन्। ‘महाजात्रा’ फिल्म ‘जात्रा’को तेस्रो शृंखला हो। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको छ। कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ। यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन्।
फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ। ‘महापुरुष’ र ‘जात्रा’ शृंखला जस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सको फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।
फिल्म छायाङ्कन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।