‘भिटामिन ‘ए’ कात्तिक १७ र १८ गते खुवाइने


सरकारले यसपटकको भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ  ।

नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सञ्चालन हुने कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई नछुटाइ भिटामिन ए खुवाउन सरकारको अनुरोध छ । सोही दिन एकदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *