संसद विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने काँग्रेसको घोषणा


काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको उनको भनाइ छ।काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको जोडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएको भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *