प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णय आत्मघाती र जनविश्वासघाती
आफ्नै दलभित्रको आन्तरिक किचलो र विवाद मिलाउन नसकी संसद विघटन गर्नु अनुचित र अव्यवहारिक कदम भएकोराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताएका छन्। आफ्नै दलभित्रको आन्तरिक किचलो र विवाद मिलाउन नसकी संसद विघटन गर्नु अनुचित र अव्यवहारिक कदम भएको भन्दै केसीले अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।
देश कोरोनाका कारण तहसनहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम सक्ने, दलालहरुलाई अवसर दिने, अवसरवादीलाई अगाडि ल्याउने काम हुने र यसो हुँदा झन् राजनीति खत्तम हुने भन्दै केसीले चिन्ता व्यक्त गरे।
संसद विघटनको विरुद्धमा सर्वोच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाई दर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताए। ‘अब सबै प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्छ, गतल कामको विरोधमा पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैले पनि भूमिका खेल्नुपर्ने बेला आएको छ,’ उनले भने।