मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन, उडान गरेको १५ मिनेटमै हरायो


मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुबाट सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको हेलिकोप्टर उडेको केही समयमै सम्पर्कविहीन भएको बताइएको छ ।हेलिकोप्टरमा चालकसहित ६ यात्रु सवार थिए ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा सवार ५ जना विदेशी नागरिक हुन् ।

अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *