१० रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलको यथावत


नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य भने यथावत राखेको छ ।

अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।

निगमले पेट्रोलसहित हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत नै राखेको छ ।साथै इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको निगमको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *