नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन माग


नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएका अनुसन्धानका बारेमा सदनमा जानकारी गराउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गैरेले भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित भइरहेको अवस्थामा सरकारले यस विषयमा सदनमा जानकारी गराउन माग गरेका हुन् । उनले नक्कली शरणार्थी प्रकरणका विषयमा पटक पटक सदनमा आवाज उठेको र यसअघि सभामुखले दिएको निर्देशन सरकारले पालना नगरेको जिकिर गरे ।उनले एमालेको बैठकले नै जघन्य अपराध गर्नेमाथि कारबाही गर्न माग गरेको भन्दै उनले यसको निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *