उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोज्न थाले


नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समयानुकूल जनताका एजेण्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन् ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरेपनि पूर्णरूपमा अझै लोकतन्त्र पाउन सकेको छैन, अब समयानुकूल वर्तमान एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक छ,” उनले भने ।

उनले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताए । विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिस्टहरूबाट अलग्गिनसक्ने खतरा रहेको उल्लेख गरे । उनले जनताले नयाँ विकल्प खोजेपनि ठम्याउन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *