२४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा


। काठमाडौंसहित देशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । विगत करिब साढे दुई घण्टादेखि निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो वर्षा विस्तारै कम हुँदै जानेछ । निरन्तर पानी पर्ने छैन । तर, आजै राति १०/११ बजेतिर पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको उनले जानकारी दिए । यो अवधिमा काठमाडौंमा ३१.५ मिलिमिटर वर्षा मापन गरिएको उनले बताए । उनका अनुसार यो अवधिमा काठमाडौंपछि पोखरामा सबैभन्दा धेरै २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

पछिल्लो तीन घण्टामा भने म्याग्दीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार आजभन्दा भोलि मौसम ‘डिस्टर्ब’ हुनेछ । भोलि दिनभर मौसम बदली हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *