बारा-२ मा उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै शिवचन्द्र
बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाएका छन्।दिनभर ५ हजारले अग्रता लिएका यादवसँग कुशवाहाले २ हजार मतान्तर घटाएका छन्। पछिल्लो परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाएका छन्। जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन्। उनीहरुबीच ३ हजार ३ सय ५० भएको छ।एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार २६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन्।