‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनका लागि डिजिटल अडिसन खुला
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको आवेदन खुल्ला भएको छ। सहभागी हुन चाहने प्रतियोगीहरुले बैशाख २३ गतेसम्म डिजिटल अडिसन दिन सक्ने यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
उनका अनुसार नेपाली गीत गाउन सक्ने जोकसैले पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्। डिजिटल अडिसन दिनको लागि प्रतियोगीले नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा पठाउनु पर्नेछ।
उक्त ह्वाट्स एप नम्बरमा व्यक्तिगत परिचय र सम्पर्क खुल्ने ठेगानासहित गीत पठाउन सक्नेछन्। १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले प्रतिस्पर्धामा भाग लिन पाउने नियम छ।
हाल सोही टिमको ‘द भ्वाइस किड्स’को दोस्रो सिजन चलिरहेको छ। यो शो सकिएपछि मात्रै ‘द भ्वाइस अफ नेपाल ५’ हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ।