लिगको १० औँ चरण सकिँदा जावलाखेल शीर्षस्थानमा


शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत १० औँ चरणका खेल आज सम्पन्न भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिगको १० औँ चरणको अन्तिम खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोलअन्तरले हरायो।

चर्चले खेलको सातौँ मिनेटमै आशिष चौधरीको गोलमा अग्रता बनाएको थियो। तर, ३२ औँ मिनेटमा सातदोबाटोका निरज चौधरीले गोल फर्काउँदै खेल बराबरीमा आयो। खेलको ४६ औँ मिनेटमा चर्चले फेरि अग्रता बनायो। यसपटक मिलन राईले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।

जितसँगै चर्च ब्वाइज अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चर्च ब्वाइजले १८ अंक जोड्दा शीर्ष स्थानको जावलाखेलले २० अंक जोडेको छ। बिहीवार नै समन्न खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोलले हराएको थ्री स्टार क्लब १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *