सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् ।
विश्वासको मत पाउन नसक्दा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि सबैभन्दा ठूलो पार्टीको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता शाहले विश्वासको मत पाएका हुन् ।कूल ५२ सदस्य रहेको सुदूरपश्मि प्रदेशसभामा शाहले ४० मत पाएका छन् भने विपक्षमा ११ मत परेको छ । विश्वासका लागि २७ मत पर्याप्त भए पनि शाहले प्रदेशसभाबाट ४० मत पाएका हुन् ।
उनको विपक्षमा एमालेको १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्यले मात्र मत दिएका छन् ।पक्षमा नेपाली कांग्रेससहित मओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)सहित स्वतन्त्र सांसदले मत दिएका हुन् ।