खुम्चिदै शेयर बजार, कारोबार रकममा भने सामान्य सुधार
साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३०.७७ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा उच्च अंकले घट्दै १९ सय ३८ को विन्दुमा झरेर रोकिएको हो ।
आज दिनभर २ सय ५९ कम्पनीका ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३९ करोड २३ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।आज कारोबार भएकामध्ये १९६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १८ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज १ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अर्काे एक कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।