पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलियो :राष्ट्रपति पुटिन


रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन् । उनले पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गरेका छन् ।

“हामीले आर्थिक अवस्थाको स्थायित्व सुनिश्चित गरेका छौँ, नागरिकको सुरक्षा गरेका छौँ, रोजगारी बचाएका छौँ, अत्यावश्यक वस्तुलगायत बजारको अभाव हुनबाट जोगाएको छौँ, वित्तीय प्रणाली र उद्यमीलाई सहयोग गरेका छौँ,” राष्ट्रपति पुटिनले सङ्घीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा मङ्गलबार सो धारणा राखेका हुन्।उनले भने, पछिल्लो तथ्याङ्कले रूसको जीडीपी सन् २०२२ मा २।१ प्रतिशतले घटेको छ । यद्यपि गत वर्षको सुरुमा पश्चिमी विश्लेषकहरूले २०–२५ प्रतिशतको आर्थिक मन्दी बढ्ने बताए पनि त्यसो नभएको पुटिनको दाबी छ ।

रुसको अन्तरराष्ट्रिय बस्तीमा रुबलको अंश सन् २०२१ डिसेम्बरको तुलनामा दोब्बर भएको छ । राष्ट्रपति पुटिनले मस्कोले अमेरिकी डलर र अन्य पश्चिमी मुद्राहरूबाट स्वतन्त्र, स्थिर एवं सुरक्षित विश्वव्यापी भुक्तानी प्रणाली बनाउन साझेदारहरूसँग काम गरिरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *