फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुने


सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति तय भएको छ। शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

फिल्मको सार्वजनिक पोस्टरहरुमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

बीआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ। अभिनेत्री रेखा थापा पनि फिल्ममा विशेष भूमिकामा प्रस्तुत छिन्।

डा कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा रहेको छ। फिल्मको संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन्। दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *