तिहारको यमपञ्चक आजदेखि सुरु : काग तिहार भोलि


हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट सुरु भएको छ । यद्यपि, आज काग तिहार भने होइन । काग तिहार भोलि परेको छ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।आइतबार बेलुकीसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने समितिले जनाएको छ ।

बेलुकी ५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले आजदेखि नै यमपञ्चक सुरु हुने समितिको भनाइ छ । धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *