तालिबानको शासनमा अफगानिस्तान पछि धकेलियो : युएनडीपी


तालिबानको शासनमा अफगानिस्तानको अर्थतन्त्र १० वर्ष पछि धकेलिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको विकास कार्यक्रम युएनडीपीले एक प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगान अर्थतन्त्र १० वर्ष पछि धकेलिएको जनाएको हो ।

युएनडीपीले तालिबान शासनमा आएययता अफगानिस्तानको अर्थतन्त्र ५ अर्ब अमेरिकी डलरले खुम्चेको जनाएको छ ।अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान भूमिको कूल ग्राहस्थ उत्पादन केबल २० अर्ब अमेरिकी डलर रहेको थियो ।

युएनडीपीको विश्लेषणअनुसार महिलाहरुलाई कामबाट बञ्चित गर्ने कदमबाटमात्रै अफगान अर्थतन्त्रमा १ अर्ब डलर अर्थात् कूल ग्राहस्थ उत्पादनको ५ प्रतिशत को क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *