प्राइम लाइफ इस्योरेन्सको लाभांश घोषणा


प्राइम लाइफ इस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँ रहेका छ । जस अनुसार चुक्तापुँजीकाे १३ प्रतिशतका दरले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको साधारणसभा पश्चात शेयरधनीहरुले पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *