१०० प्रतिशतभन्दा धेरैले बढ्यो आरएसडिसी लघुवित्तको खुद नाफा
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ३ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १०१ दशमलव ९८ प्रतिशत बढी भएको हो ।
यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. ३ करोड १० लाखभन्दा बढी रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ८० करोड ५१ लाख ५५ हजार पुर्याएको कम्पनीको रिटेन्ड अर्निग २१ दशमलव ५४ प्रतिशत बढेर रू. ११ करोड ९५ लाखभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने ४१ दशमलव ३१ प्रतिशत बढी रू. ९ करोड ७४ लाखभन्दा बढी कायम भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ३७ दशमलव ६० प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. ४ अर्ब ६२ करोड ७१ लाखभन्दा बढी कुल कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ६ अर्ब ३६ करोड ७० लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । पहिलो त्रैमाससम्म कम्पनीले लिएको कर्जा सापटी रकम रू. ५ अर्ब ४१ करोडभन्दा बढी रहेको छ ।
यो रकम गत वर्ष यसै अवधिसम्म रू. ३ अर्ब ८६ करोडभन्दा बढी रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कर्जा सापटी रकम करिब ४० प्रतिशत बढेको हो । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९९ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ९६ रहेको छ ।