कांग्रेस र माओवादीले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजे : उपेन्द्र यादव


जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेपछि गठबन्धनबाट बाहिरिएको बताएका छन् । बुधबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा यादवले प्रतिनिधिसभामा ९ र प्रदेशसभामा २१ सिट मात्रै दिएर कांग्रेस र माओवादीले पार्टीलाई समाप्त पार्न खोजिएपछि गठबन्धनबाट बाहिरिएको बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्य पदमा ८१ र प्रदेश सभामा १४५ स्थानमा जसपाले उमेदवारी दिएको छ । बाँकी १७ ठाउँमा प्रतिनिधिसभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल भएको छ ।”संसद् विघटनपछि देशमा लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि जसपा नेपाललगायत पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सहभागी भयौँ । तर, नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपालाई धोका दिए । जसको ज्वलन्त उदाहरण जनकपुर, विराटनगर र वीरगन्जलाई लिन सक्छौँ,” उनले भने ।

यादवले मधेसलाई समृद्ध बनाउन र मधेसीहरूको अधिकार स्थापित गर्न जसपाले मात्रै सक्ने दाबी गरे । उनले देशको मार्गदर्शन गर्ने जिल्लाका रूपमा चिनिएको सप्तरीबाटै पुनः चुनाव जितेर मधेस र देशलाई समृद्ध बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *