कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक निस्कासित
नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि कारबाही गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्ति अनुसार निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवाहरुलाई कारबाही गरिएको छ। उनका अनुसार बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही पार्टीका निस्कासित गरिएको छ।