असोज महिनामै परे तीन सहकारी कालोसूचीमा

असोज महिनामा तीन सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा तीन सहकारी कालोसूचीमा परेका हुन् ।
केन्द्रले समयमा कर्जा नतिर्दा दुई बचत तथा ऋण सहकारी र एक बहुउद्देश्यीय गरी तनि सहकारीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका सहकारीहरुमा जनसेवा बचत तथा ऋण सहकारी संस्था, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट र त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले सोमबार कालोसूचीमा राखेको हो । उक्त सहकारी संस्थाका सञ्चालकहरुमा अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा रहेका छन् ।
यससँगै केन्द्रले त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्थालाई असोज २६ गते कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा हिमाल कट्टेल र प्रदिप ढकाल रहेका छन् ।
त्यस्तै, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई केन्द्रले असोज १२ गते कालोसूचीमा राखको हो । उक्त सहकारीका सञ्चालकहरुमा दिपक शाक्य, ज्ञान बहादुर महर्जन र उदयलाल प्रधान रहेका छन् ।