हलहरूले शो नदिएर चलचित्र नै बन्न नदिने षड्यन्त्र गरिरहेको चलचित्रकर्मीहरुको दाबी


चलचित्रकर्मीले नेपाली चलचित्रलाई हलहरूले शो नदिएर चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्र भइरहेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् । बाबरी चलचित्रका विषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चलचित्र चल्न नदिन हलहरुमा शो नदिने र अनेकन दुःख दिने गतिविधिहरू भइरहेको भन्दै राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । 

उक्त चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । निर्देशक सुरेन्द्र पौडेलले नेपाली चलचित्रमाथि सदैव समस्या पार्ने गतिविधि हुँदै आएकोमा सरकारले नीति नियम बनाएर समाधान गर्नुपर्ने बताए ।चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकामा आपत्ती जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *