लाल सिंह चड्ढा फल्प भएपछि आमिरले गरे यस्तो घोषणा


बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।

फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्त्वपूर्ण निर्णय गरेका छन् ।फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

‘यदी आमिर आफ्नो पारिश्रमिक लिन्छन् भने वायकम १८ स्टुडियोलाई करिब १०० करोड रुपैंयाँ नोक्सान हुन्छ । यस्तो अवस्थामा आमिरले आफैँ नोक्सानको भरपाई गर्ने निर्णय लिएका छन् । यो निर्णयले निर्माताहरुले कम घाटा व्यहोर्नु पर्नेछ’, फिल्म निकट स्रोतले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *