पर्याप्त शो नदिएको भन्दै आजैदेखि ‘राधा’ देशभरका हलबाट उतारियो


सुवर्ण थापा निर्देशित ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन रोकिने भएको छ। हलले शो नदिएको भन्दै गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको हो।

हलले शो बाँडफाँटमा विभेद गरेकोले प्रदर्शन रोक्ने निर्णय गर्न बाध्य भएको निर्देशक थापाले जानकारी दिए।

‘हामीलाई सुरुदेखि शोमा विभेद गरियो। तीजको छेकोमा पनि हामीले शो पाएनौं। फिल्मलाई नेपालभरि जम्मा १५ शो मात्रै दिइएको छ। त्यसमाथि उचित समयमा शो टाइम छैन। जसले देखाउनु र नदेखाउनुको मतलब नै भएन नि। त्यसैले हामीले प्रदर्शन रोक्ने निर्णय गरेका हौं,’ उनले भने।

तत्काललाई प्रदर्शन रोकिए पनि आफूहरू अरू माध्यमबाट दर्शकसामु जोडिने समेत उनले सुनाए। ‘वितरकसँग पनि प्रदर्शन रोक्ने कुरा भइसकेको छ। अहिलेलाई होल्डमा राखे पनि हामी अरु तरिकाले दर्शकमाझ आउँनेछौं।’

फिल्ममा सौगात मल्लका साथै देवकी बिष्ट र विक्रम दास जोशीको लगानी छ। फिल्ममा सृष्टिका साथै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुरस्कर गुरुङ, दयाहाङ राई र निश्चल बस्नेत लगायतका कलाकारहरूको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *