करिब ४१ प्रतिशतले घट्यो,साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले रू. ३ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ४० दशमलव ८६ प्रतिशत कम भएको हो ।
अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू। ६ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको विक्री आम्दानी ३१ प्रतिशत कम भएकाले पनि खुद नाफामा असर परेको हो । कम्पनीले अघिल्लो वर्ष रू. १० अर्ब ४० करोडभन्दा बढी विक्री आम्दानी गरेकोमा गत वर्ष रू. ७ अर्ब १७ करोडभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।
विक्री लागत भने अघिल्लो वर्षभन्दा ३१ दशमलव ४९ प्रतिशत कम रू. ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १४ दशमलव ९० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ४३८ दशमलव शून्य ७ रहेको छ ।