तोलामा तीन सयले ओरालो लाग्यो सुन,चाँदीको मुल्य कति ?


नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौं सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *