मोन्टेनेग्रोको सेटिनजे शहरमा गोली प्रहारबाट ११ जनाको मृत्यु
युरोपेली राष्ट्र मोन्टेनेग्रोको सेटिनजे शहरमा गोली प्रहारबाट ११ जनाको मृत्यु भएको छ।
घरायसी विवादका कारण सुरुमा एक व्यक्तिले एकै परिवारका तीनजनालाई गोली हानी मानरेको बीबीसीले जनाएको छ। गोली चलाउने व्यक्तिकै घरमा दुई सन्तानसहित आमा बस्दै आएका थिए। त्यसपछि घरबाट निस्किएर ती व्यक्तिले अन्य ७ जना स्थानीयमाथि गोली चलाएका थिए।
गोली चलाउने व्यक्तिलाई त्यहीँकै एकजनाले गोली प्रहार गरि मारेपछि मात्रै गोलीकाण्ड रोकिएको जनाइएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। हाललाई घरायसी विवादका कारण यो गोलीकाण्ड भएको बताइए पनि सो व्यक्तिले किन गोली चलायो भन्ने यकिन कारण पत्ता लाग्न सकेको छैन।
गोली लागेर घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ।
मोन्टेनेग्रोका प्रधानमन्त्री ड्रिटन अबजोभिकले सो घटनाबाट स्तब्ध भएको भन्दै तीनदिने शोकको घोषणा षरेका छन्।