हल्कादेखि मध्यम वर्षा हुने
शुक्रबार देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अुनसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्यता बदली रहेको छ।शुक्रबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।