पहिरो पीडितलाई बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन


गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतमा गएको पहिरो परेर विस्थापित भएकाहरुलाई तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन र दीर्घकालीन समाधानको उपाय खोज्न निर्देशन दिएका छन्। प्राविधिकिहरुबाट अध्ययन गराएर बस्ती स्थानान्तरण गर्नु पर्ने भएमा पनि आवश्यक प्रक्रिया सुरु गर्नसमेत गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन्।

तत्कालका लागि उद्धार, राहत, घरपालुवा तथा वन्यजन्तुको अवस्थाबारे पनि गहृमन्त्री खाणले जानकारी लिएको प्रजिअ आचार्यले बताए। पहिरोबाट २८ घरपरिवार विस्थापित भएका प्रजिअ आचार्यले जानकारी दिएका छन्।
पहिरोबाट चुम्चेत बस्ने ६० वर्षीय केदार लामाको गोठ, राशबहादुर लामाको घरमा क्षति भएको छ। पहिरोमा परेर तारा लामा, मनबहादुर लामा, अरमान लामा र सिंहबहादुर लामा घाइते भएका छन् ।

प्रशासनले तत्कालका लागि आवश्यक पर्ने खाद्यसामग्री वितरण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *