संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै
संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै छ । आउँदो आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो ।
बैठकले कार्यविधिअनुसार अर्थ मन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने कार्यक्रम छ ।