साउन ३ देखि ५ सम्म देशभरका नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान
आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।
नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।