आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउँछु: मेयर बालेन शाह


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट र्‍यापर यम बुद्धको शालिक निर्माण गर्ने घोषणा गरेका छन्। महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यम बुद्धको शालिक निर्माणका लागि बजेट विनियोजन गरेको छ। उक्त विषयमा सामाजिक सञ्जालदेखि नागरिक तहमासमेत विरोध भइरहेको छ।

तिव्र विरोध भएपछि मेयर शाहले आफ्नै तलबबाट शालिक निर्माण गर्ने घोषणा गरेका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु। तपाईंहरुको दिन शुभ रहोस्।’ आर्थिक वर्ष २०७९/८० को लागि कूल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेटमा महानगरपालिकाले १५ लाख रुपैयाँ शालिक निर्माणका लागि छुट्याएको छ।

यम बुद्ध नेपाली र्‍याप क्षेत्रका अग्रज कलाकारका रूपमा चिनिन्छन्। उनले सन् २०१७ मा आत्महत्या गरेका थिए। बालेन साह यम बुद्धद्वारा सञ्चालित र्‍याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ र्‍याप ब्याटलमार्फत नै र्‍याप क्षेत्रमा परिचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *