भोलिदेखि काठमाडौंमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने
भोलिदेखि दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्य लगायत धार्मिक व्यक्तिहरूबाट उद्घाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुने छ । उद्घाटन सत्रमा ॐ कार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैन लगायत विभिन्न सम्प्रदायका अगुवा लगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ । आयोजक संस्था राष्ट्रिय सनातन धर्म संस्कृती महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक, बुद्धिजीवी, ॐ कार परिवारसँग आबद्ध व्यक्तित्वहरूको सम्मेलनमा सहभागिता रहने छ ।
सम्मेलनमा ‘सनातन हिन्दुराष्ट्र अवधारणा र औचित्य, सनातन धर्म र सामाजिक सांस्कृतिक विभेद वर्तमान अवस्थामा वैदिक सभ्यताको महत्व र धर्मान्तरणका चुनौती र समाधानका उपाएहरू विषयमा कार्यपत्र प्रस्तुत गरिने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।