ओली सरकारविरूद्ध प्रदर्शनमा जांदै कांग्रेस
नेपाली कांग्रेसले आफनो सरगर्मि बढाउन थालेको छ। गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो।यसै अनुसारको कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ।
कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको र भ्रष्टाचार बढेको अनि कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको पनि बताएको छ।
मंसिर २९ मा हुने देशैभरको प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ। शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न लागेका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार उक्त दिनको प्रदर्शनका लागि केन्द्रबाटै दश वटा नारा तय गरि परिपत्र गरिएको छ।
पछिल्लो समय राजावादीहरूले देशका विभिन्न सहरमा प्रदर्शन गरेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा नै खतरा हुन सक्ने भन्दै कांग्रेसले बेलैमा सचेत हुनुपर्ने बताएको छ।