निःशुल्क भ्याक्सिन उपलब्ध गराउन छलफल गर्दै सरकार
जनतालाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध कसरी गराउन सकिन्छ भन्नेबारे छलफलमा सरकार जुटेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका हुन् ।
पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गरेका हुन् ।
सिसिएमसीमा आबद्ध मन्त्रीहरुसमेतको बैठकले कोभिड नियन्त्रणसम्बन्धी कामका बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने समेत निर्णय गरेको छ। कोभिड कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय भएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।