पूर्वी नेपालमामा सक्रिय छ मनसुन, अब विस्तारै देशभर फैलिने संभावना
नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि देशभर फैलिसकेको छैन।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र छ ।बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन। पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ।
आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।